काठमाडौँ, १८ फागुन ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता २०७३ जारी गरेको छ । आचारसंहिता उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्ति, नेपाल सरकार, स्थानीय निकाय तथा सार्वजनिक संस्था, कर्मचारी तथा आमसञ्चारका माध्यम, गैरसरकारी संस्था र पर्यवेक्षकका लागि आजैदखी लागु हुने आयोगले जनाएको छ ।
आचारसंहिताबारे आयोगका पदाधिकारी र मन्त्रीका बीचमा चर्काे बहस भएको जनाईएको छ । जारी आचारसंहिताका प्रावधानकाबारे उपप्रधानमन्त्री एवम् मन्त्रीलाई जानकारी दिन आज आयोजित कार्यक्रममा आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्ने माध्यम आचारसंहिता रहेकाले कडाईकासाथ लागु गर्ने पक्षमा आयोग रहेको छ ।
हेलिकोप्टरको प्रयोग निषेध
आयोगले निर्वाचन प्रयोजन (निर्वाचनमा संलग्न व्यक्ति) बाहेक अन्य प्रयोजन (राजनीतिक दल, सरकार) मा हेलिकोप्टर पूर्ण निषेध गरेको छ । निर्वाचन आयोगले स्थानीय तह पुनःसंरचना सम्बन्धी प्रतिवेदन छिटो आयोगलाई पठाउनसमेत माग गरेको छ ।
