पोखरामा बर्डफ्लु,खतरा बन्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार ०८:१४ बजे

पोखरामा बर्डफ्लु,खतरा बन्दै

१५ फागुन
काठमाण्डौ ।

कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताउनुभयो ।  बेनीबजारमा रहेको पोल्टी फार्मले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा र चल्ला खपत गर्ने गरेका छन् । जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको छ ।  दुईवटै नाकाबाट भित्रिने पशुपक्षीमा चेकजाँच र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाइएको पशुसेवा कार्यालयले जनाएको छ । बिहान बेलुकी लुकीछिपी भित्रन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी प्रहरीसँग समन्वयन गरिएको छ ।

प्रजिअ राजुप्रसाद पौडेलको अध्यक्षतामा बस्ने जिल्लास्तरीय समितिको बैठकले समेत थप योजना बनाएर बर्डफ्लु नियन्त्रणका लागि आवश्यकताअनुसारको सतर्कता अपनाउने पशुसेवा कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट