विना बचाउ अभियानमा डेढ लाख भन्दा बढि आर्थीक संकलन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १४ शनिवार २१:१९ बजे

विना बचाउ अभियानमा डेढ लाख भन्दा बढि आर्थीक संकलन

काठमाडौं, १४ फागुन ।

कला र संस्कृतिको माध्यमबाट समाज परिवर्तनमा हाम्रो ध्यान, मृगौला पिडित विना श्रेष्ठको उपचारमा भर्याङ नाट्यमञ्च नेपालको अभियान भन्ने मुल नाराका साथ वृहत सांस्कृतिक कार्यक्रम २०७३ सम्पन्न भएको छ ।

खोटाङ्ग खार्पाकी मृगौला पिडित बिना श्रेष्ठको उपचारका लागी सहयोग रकम उठाउने उद्देश्यका साथ राष्ट्रिय नाचघर जमलमा गरिएको कार्यक्रममा खोटाङ्ग क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद विसाल भट्टराईले पिडित श्रेष्ठको उपचारमा आफु लागी पर्ने बताउनुभएको छ । जननिर्बाचत सांसदको हैसियतले विना बचाउ अभियानको नेतृत्व आफैले गर्ने भन्दै सांसद भट्टराईले श्रेष्ठलाई उपचारमा सरकारी तवरबाट उपलब्ध गराईने सेवा तथा सुविधाबाट बञ्चित नगराईने प्रष्ट पार्नुभयो ।

भर्याङ्ग नाट्य मञ्च नेपालका केन्द्रीय अध्यक्ष कवि राईले बिना बचाउ अभियानमा सहयोग गर्नुहुँने सम्पूर्ण व्यत्तित्वहरुलाई धन्यबाद ज्ञापन गर्दै भोलिका दिनमा यस्तै सहयोगको आशा रहेको बताउनुभयो । बिना बचाउँ अभियान मार्फत १ लाख ५१ हजार रुपैया संकलन भईसकेको र अझै अपुग रकम संकलनमा आफूँ र भर्याङ्ग समूह निरन्तर लागी पर्ने बताउनुभयो ।

कार्यक्रममा कला राई, देबेस राई प्रताब दास, बिनोद राई, निस्चल राई, सचिन राई, रेवत राई, यश कुमार राई लगायतका कलाकारले आफनो सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । सांगितिक प्रस्तुति गर्ने कलाकारहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम पछि आयोजकले तयार पारेको ए केसे नामक नाटक प्रस्तुत गरिएको थियो । नेपाली समाजमा व्याप्त रहेको कुरीति, जातिय भेद्भाव, गरिवि लगायतको बिषयमा सुभचन्द्र राईको लेखनमा बिरेन्द्र हमालको निर्देशन गरेमा तयार पारीएको नाटकलाई दर्शकले निकै धैर्यताका साथ दृश्यावलोकबन गरेको थिए ।

कलाकारहरु कवि राई, अङ्किता राई, निता राई, प्रेमकुमार खत्री, आर. बि. शर्मा, रुपेश राई लगायतका कलाकरले अभिनय गरेको नाटकमा दलित समुदायको केसे नामक पात्रले आफ्नो घर परिवारलाई वास्ता नगर्दाको दुखद् परिणामलाई केन्द्रमा राख्न खोजिएको थियो । दलित र गरिव केसेले आफ्नी श्रीमती मनुलाई लागेको रोगको गरिविकै कारण उपचार गराउँन नसक्दा मनुको ज्यान गएको नाटकले चित्रण गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार