काठमाडौं, १४ फागुन ।
पर्यटन व्यवसायी सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा शेर्पा पर्यटन व्यवसायी संघ गठन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक भेलाबाट शेर्पाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत् चयन गरिएको हो ।
हिमाली जिल्ला सोलुखुम्बु जुभिङका शेर्पा विगत लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रीय रहनुभएको छ । “पर्यटन क्षेत्रको विकास एवं सम्बद्र्धनका निम्ति सम्पूर्ण शेर्पा पर्यटन व्यवसायीहरु एक हौं” भन्ने मुल नाराका साथ सम्पन्न भेलावाट गठित कार्य समितिको प्रथम उपाध्यक्षमा ताम्डिङ शेर्पा, द्वितीय उपाध्यक्षमा मिङमार शेर्पा र महासचिवमा पेम्बा शेर्पा चयन भएका छन् ।
फूर्वा शेर्पा, मिङमा शेर्पा र ङावा ङिमा शेर्पा क्रमशः सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चयन हुँदा देण्डी शेर्पा, फुरी शेर्पा, ल्हाक्पा डोमा शेर्पा, मिङमा नुरु शेर्पा, देण्डी शेर्पा, मेल्बा शेर्पा, वाङछु शेर्पा र कामीछिरिङ शेर्पा सदस्यमा चयन भएक छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
