उपलव्धी जोगाउन मुस्किल–महरा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १२ बिहीवार ०७:४० बजे

उपलव्धी जोगाउन मुस्किल–महरा

काठमाण्डौ,१२ फागुन ।

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आन्दोलनबाट आएको उपलब्धि जोगाउन मुस्किल भएको बताउनुभएको छ ।

महोत्सवदेखि धर्मशाला उद्घाटन गर्न दाङ पुगेका अर्थमन्त्री महराले संविधान कार्यान्वयनको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा आउन नसक्दा प्राप्त उपलब्धिहरुको संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त संविधान सहितको उपलब्धिलाई बचाउन शान्ति र विकासमा लाग्नै पर्नेमा जोड दिनुभयो । मन्त्री महराले उपलब्धिहरुलाई संस्थागत गर्न नसके जटिल अवस्था सिर्जना हुन सक्नेतर्फ समेत संकेत गर्नुभयो । उहाँले संविधान निमार्ण भए पनि त्यसले गति दिन नसकेको भन्दै संविधान कार्यान्वयनसँगै अब विकास र संबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

राजनितिक स्थिरतासँगै विकासले गति लिने भएको भन्दै राजनीतिक अस्थिरतालाई अन्त्य गर्नु पर्नेमा उहाँको जोड थियो । मन्त्री महरा आज महोत्सव उदघाटनदेखि धर्मशाला उद्घाटनसम्मका आधा दर्जन कार्यक्रममा सहभागी हुनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार