बसको ठक्करबाट एकको मृत्यु, एक घाईते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ११ बुधवार १४:१९ बजे

बसको ठक्करबाट एकको मृत्यु, एक घाईते
मोरङ, ११ फागुन । 
 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको केरौन– १ चिसाङ पुल छेउमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोरङ पथरी शनिश्चरे– ५ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघनाथ ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
पूर्वबाट पश्च्मिका लागी छुटेको को १ ख ५४४६ नम्बरको बसले पश्चिमकै लागी छुटेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाईते भएका मोटरसाइकल चालक ओझाको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । 
 
ठक्करबाट मोटरसाइकलको पछाडी सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते भएका छन् । घाइते चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार