सगरमाथा फाइनान्सको हकप्रद शेयर बोलकबोलद्वारा विक्री गरिने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १० मंगलवार ११:४४ बजे

सगरमाथा फाइनान्सको हकप्रद शेयर बोलकबोलद्वारा विक्री गरिने

काठमाडौं, १० फागुन ।

सगरमाथा फाइनान्स लिमिटेडले यहि फागुन २६ गतेदेखि ८ लाख ८७ हजार ४ सय ६३ कित्ता हकप्रद शेयर लीलाम विक्री गर्ने भएको छ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २ गते सम्म रहेको जनाईएको छ ।

सगरमाथा फाइनान्स लिमिटेडको हकप्रद शेयरको लागि पुस १ गते देखि फागुन १७ गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ ७ लाख २० हजार ३ सय १८ दशमलव ८३ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ६७ हजार १ सय ४४ दशमलव १७ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर एक सय रुपैया तोकिएको हँुदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।

कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । बोलपत्र आवेदनहरुमध्ये बाँडफाँटमा नपरेका आवेदकहरको बोलकबोल वापत जम्मा भएको रकम फिर्ता भुक्तानी चैत १० देखि कम्पनीको केन्द्रीय कार्यालयमा गरिनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट