१५ दिनपछि संसद बैठक आज


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १० मंगलवार ११:२२ बजे

१५ दिनपछि संसद बैठक आज

काठमाडौं, १० फागुन ।

व्यबस्थापिका संसदको बैठक आज बस्दैछ । १५ दिनपछि आज दिउँसो १ बजे बस्ने बैैठकमा सरकारले संविधान संशोधनसम्बन्धी विधेयक अगाडी बढाउने जनाईएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट हुदै आएको संसदको अवरोध हट्ने आशा गरिएको छ ।

सभामुख ओनसरी घर्ती मगरले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने र व्यवस्थापिका–संसद् बैठकका एजेन्डा तय गर्ने बताइएको छ । सम्भावित कार्यसूचीमा भने संविधान संशोधन विधेयक राखिएको छैन ।

संसदमा गएको पुस २४ मा संविधान संशोधन विधेयक टेबुल भएपनि प्रमुख प्रतिपक्षी दल एमालेसहितका नौ दल र मधेसी मोर्चाआबद्ध दलका कारण छलफल हुन सकेको थिएन ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट