डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ४ बुधवार १३:४७ बजे

डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु

डडेल्धुरा, ४ फागुन ।

भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार