यूके, ४ फागुन ।
पर्वत वेलफेयर सोसाइटी यूकेले अप्रिल २२ मा नेपाली नँया वर्ष शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ ।
अल्डरसटमा हुँने कार्यक्रम सफल पार्नका लागी सल्लाहकार मान प्रसाद गुरुङको संयोजकयतोमा फेब्रअरी १२ मा एक समिति गठन गरिएको छ । साथै स्थानिय नेपाली समुदायलाई कार्यक्रममा उपस्थिती जनाई नयाँ बर्ष उल्लासमय बनाउन आवहान गरेको पर्वत वेलफेयर सोसाइटी यूकेले जनाएको छ ।
यसैगरि संस्थाले सदस्यता प्रणाली लागु गर्ने भएको छ । पर्बत स्थायी ठेगना भई बेलायतमा बसोबास गर्दै आएका ब्यक्तिहरुलाई समेट्ने उदेश्यले साधारण र आजिबन २ प्रकार सदस्यता निर्माण गरिएको बताईएको छ ।
अहिले सम्म दधि आचार्य, दिपक जोशी, याम भण्डारी, मानप्रसाद गुरुङ, मेकबहादुर पुन, भिमबहादुर पुर्जा, नेत्रबहादुर आले, काजी गुरुङ, पुरन गिरि, हितकाजी गुरुङ, नारायण गिरि, राज कुमार गुरुङ, बिनोद पुरी, कुल राज गुरुङ, परशुराम गुरुङ, गुप्त आले, गंगाबहादुर खोर्जा, जुवारीलाल गुरुङ, अंग गर्बुजा, भरत पौड्याल, धनबहादुर गुरुङ र सन्जीब गुरुङ आजिवन सदस्य रहेका छन् । साथै संथाले सदस्यता बितरण प्रणालीलाई अझ प्रभाबकारी ढङ्गबाट अघि बढाउँने जनाएको छ ।
