बैंककै कर्मचारीले चोरे २३ लाख, परालभित्र र सिरानीमुनी पैसा भेटियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ३ मंगलवार ०८:३८ बजे

बैंककै कर्मचारीले चोरे २३ लाख, परालभित्र र सिरानीमुनी पैसा भेटियो

धनगढी, ३ फागुन ।

एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ । धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन् ।

शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो । प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो ।

जिल्ला प्रहरीका एसपी अर्जुन चन्दका अनुसार २२ लाख ७० हजार परालभित्र र ७४ हजार उपाध्यायको सिरानीमुनीबाट बरामद भएको हो । आजको कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट