ललितपुर, १ फागुन
नेपाल पत्रकार महासङ्घ ललितपुरले शनिबार पत्रकार अक्षयकोषका साथै पुरस्कार स्थापना गरेको छ ।
महासङ्घको पूर्ण बैठकले पत्रकारको स्वास्थ्योपचारमा सहयोग गर्ने उद्देश्यले रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । उक्त कोषमा हरेक वर्ष रकम थप गर्दै रु १० लाखसम्म पुयाइने लक्ष्य छ । कोषमा जम्मा भएको रकममा आउने ब्याजबाट बिरामी पत्रकारलाई सहयोग गरिने छ ।
बैठकले महासङ्घ ललितपुरमा संस्थागत योगदान पुयाउने पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले रु १५ हजारको ‘ललितपुर पत्रकारिता पुरस्कार’ स्थापना गर्नेसमेत निर्णय गरेको छ । ती पुरस्कार जिल्लाको हरेक अधिवेशनमा वितरण गरिने बताइएको छ ।
