आयुर्वेदलाई गौरवमय स्थान दिलाउनुपर्नेमा जोड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १ आइतवार ०८:०२ बजे

आयुर्वेदलाई गौरवमय स्थान दिलाउनुपर्नेमा जोड

काठमाडौँ, १ फागुन ।

अञ्चल आयुर्वेद औषधालय, जयबागेश्वरी, काठमाडौँको आयोजना तथा स्थानीय ‘हाम्रो रामकोट बचत तथा ऋण सहकारी संस्था’को सहयोगमा शनिबार नागार्जुन नगरपालिका, फस्कुमा आयोजित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब ४०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको छ ।

कार्यक्रममा अञ्चल आयुर्वेदिक औषधालयका कविराज निरीक्षक डा श्रवणकुमार श्रेष्ठले महान् चिकित्सा पद्धति आयुर्वेदलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड दिनुभयो । “आधुनिक चिकित्सा पद्धतिमा जस्तो आयुर्वेदले कुनै नकारात्मक असर गर्दैन, यो हाम्रो मौलिक चिकित्सापद्धति हो”, उहाँले भन्नुभयो ।
इचङ्गुनारायण आयुर्वेद औषधालयका इन्चार्ज मीना दुवाडीले आयुर्वेदप्रति मानिसको आकर्षण बढिरहेकाले यसलाई प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
जयन्ती बचत संस्थामा खनाल
नागार्जुन नगरपालिका ८, फस्कुचोकस्थित जयन्ती बचत तथा ऋण सहकारी संस्था लिको शनिबार सम्पन्न १५ औँ वार्षिक साधारणसभाले मालती खनालको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाका उपाध्यक्षमा श्यामप्रसाद गिरी, सचिवमा जितबहादुर लामा र कोषाध्यक्षमा दिवाकर खनाल तथा सदस्यमा रवि खनाल र लक्ष्मी खड्का निर्विरोध निर्वाचित भएको निर्वाचनसमिति संयोजक भुवन गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा राप्रपाका नेता विक्रमबहादुर थापाले समुदायको आर्थिकस्तर तथा स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका खेल्न रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष खनालले आव २०७२ । ०७३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट