घडिको टिक टिकमा अडेको जिवन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २६ बुधवार १५:३१ बजे

घडिको टिक टिकमा अडेको जिवन

अर्जुन कँडेल ।

टिक टिक टिक,
सन्नटाले भरिएको कालो बन्द कोठामा सानो हाते घडिको यो आवाज वाहेक अरु केही सुन्न सकिदैनथ्यो । धेरै बेरको यो आवाज पछि सन्नाटालाई चिर्दै ढोका ढकढकाएको आवाज गुन्जियो, यो आवाजको साथमा “बाबु बाबु” भन्दै पुकारेको आवाजपनि संगसंगै भित्रियो । सायद आमा हुनुहुन्थ्यो, अनुमान लगाए ।

सधैको ढकढकाई सहन नसकेर होला चुकल सर्किएर ढोका आफै खुल्यो । ढोका खुल्ने बित्तिकै आमा मेरो छेउमा आउनुभयो । सुकेको शरिर, सुकेका ओठ, आसुले भरएिका आखाँ, आँसुलेनै भिजेका लामा दाह्रि अनि मैलीएर थोत्रीएका लामो कपाल अनि त्यो भन्दा बढि थोत्रीएको मेरो मन देखेर सम्हालिन सक्नुभएनछ क्यार मलाई जोडले अङ्गगालो हाल्दै रुन थाल्नुभयो । म आफुले आपैmलाई त सम्हाल्न सकेको छैन आमालाई कसरी सम्हालुँ ? जसोतसो आमा सम्हानीनु भयो अनि भन्न थाल्नुभयो ।

बाबु यसरी कतिन्जेल बस्छस?
जवसम्म सास रहन्छ तबसम्म
“बाबु यसरी आफैले आफैलाई पराई नबना”
आफ्ना लाई त चुडेर लगीहाले नी आमा
“हेर बाबु शरीर पनि कमजोर भईसकेको छ, दारि कपाल अनि शरिर हेर त कति डरलाग्दो भा को छस?”
जिन्दगिनै उजाड भईसकेको छ आमा शरिर सजाएर के गरु?
“अरु कति हासी, खुसी आनन्दको जिवन विताईरहेका छन तलाई पनि फेरी त्यहि जिवनमा फर्किन मन लाग्दैन बाबु”
मरेको लासको पनि कुनै चाहाना हुन्छ होला र?
“कति रुवाउछस ए बुढि आमालाई?” आमा मेरो अनुहारमा हेर्दे प्रश्न गर्नुभयो। सायद रुदैपनि हुनुहुन्थ्यो ।
तर मैले भने आमाको अनुहारमा नजर लानै सकिन र निहुरीदै भने
“माफ गरीनिदु आमा, बाचुन्जेल त सुख दिन सकिन मरेपछि पनि दुःख दिन छाडिन्”
आमा भक्कानो छाडेर रुनुभयो र कोठाबाट बाहिरनिुभयो ।

झण्डै १ बर्ष अगाडि कलेजको पहिलो दिन थीयो । नयाँ ठाँउ, नयाँ कलेज अनि नयाँ साथीहरु । नयाँ परीवेशमा घुलमिल हुन अलि कठिन हुन्छ भन्ने सुनेको थीए बल्ल हो रहेछ जस्तो लागेको थियो । पहिलो दिन त्यसै बित्यो, मात्र ३ जना शिक्षकहरुको परीचय लिएर ।

म प्रायः लास्टको सिटमा बस्दथे त्यहाबाट कक्षाकोठा नियाल्न सहज हुन्थ्यो मलाई । दोस्रो हप्ताको सोमबार, पहिले जस्तै गरी लास्ट सिटमा गएर बसे । यसो साथीहरुलाई नियाल्दै थिए, एकाएक आखाँले केही नयाँ देख्यो, विल्कुलै नयाँ । नया साथी आएकी रहेछिन, एकटकले हेरीरहे ।

नजर उनिबाट हटन् मानिरहेको थीएन तरपनि नराम्रो सोच्छिन कि भनेर हटाउनै बाध्य भए । दोस्रो पिरीयड सकिएपछि तेस्रो पिरीयडका लागी ईङलिस टिचर क्लासमा छिर्नुभयो । एकैछिन उहाँले हामि सबैलाई एक टकले नियाल्नुभयो र एक्कासी भन्नुभयो “प्राप्ति, बल्ल आजबाट कलेज आएको ?” यति भनिरहदा उहाँका आखाँले नयाँ साथीलाई हेरीरहेका थीए त्यसपछि ठम्माईहाले उसको नाम प्रप्ति रहेछ ।

प्राप्ति, आँखा कति राम्रो नाम?, साच्चि उ प्राप्ति नै थिई ईश्वरको वरदानबाट प्राप्त भएकी । त्यस दिनदेखी प्राय मेरो ध्यान उनितिरै हुन्थ्यो । म उनिलाई नै हेरीरहेको हुन्थे । पढिरहदा, साथीहरुसंग कुरागर्दा, खेल्दा मेरो शरीर एकतिर र मन उनितिर नै हुन्थ्यो । कहिले काहि उनले झुलुक्क हेरिदीँदा मन त चङ्गा भएर नाच्न थाल्थ्यो ।

उनीसंग बोलेको थिईन तर बोले जस्तै लाग्थ्यो, उनीसंग हासेको थिईन तर हासैजस्तै लाग्थ्यो । उनीसंग संगै बसेको थिईन तर बसेको जस्तै लाग्थ्यो, उनी मलाई खास लाग्थ्यो । तर कलेज को समय सकिने बित्तिकै मन निराश भईहाल्थ्यो ।

एकदिन बजार जान बस कुरीरहेको थीए, परबाट साईकलमा कोही आईरहेको देखे, नजीक आएपछि बल्ल चिने उ त प्राप्ति थिई जो मेरो लागी खास थीई । अनायसै मैले उसको साईकल रोके, ओहो काहाँबाट आयो म मा यस्तो आँट मैले केही सोच्नै सकिन, जो संग एक बचन बोलेको थीईन त्यसलाई रोकिरहेछु त्यो पनि मान्छेको भिडले भरीएको बाटोमा ।

उ लजालु थी, ज्ञानी बच्चा जस्तो साईकल रोकी र हेरीरही । हो त्यहि दिन हो उसको र मेरो पहिलो कुराकानी भएको । कुराकानी गर्दै जाँर्दा मोबाइल नम्बर पनि लेनदेन भयो, त्यो भन्दा अरु खुसीको कुरा के पो हुनसक्थ्यो र मलाई ।

उ र म छुटेको एकैछिन मा मोबाईलको घण्टि बज्यो, हेरे नयाँ नम्बर रहेछ रिसिब गरे । मेबाईलमा उहि स्वर सुनीयो जुन स्वर केहीबेर अगाडि मैले प्रत्यक्ष सुनीरहेको थीए । त्यस दिन देखी हामि प्राय मोबाइलमै कुराकानी गर्न थाल्यौ, हुन त म अरु केटीहरुसंग पनि मोबाइलमा घण्टौ कुरा गर्थे अझ एन.सि.एल. को फ्रि कल आउदा त झन धेरै । तर फोन काटिसकेपछि ति केटीहरुको याद भने कहिल्यै आएन । मलाई अच्चम लागीरहेको थियो प्राप्ति जो संग म कुनै कुनै बेला मात्र कुरा गर्थे त्यो पनि थोरै समय तर उसको याद भने दिनभर नै आईरहन्थ्यो ।

दिन बित्दै जाँदा हाम्रो कुराकानिको समय बढ्दै गयो, म उसको स्वर सुनेर निदाउथे अनि उ मेरो स्वर सुनेर । उ भन्थि हामी दुई फोनमा बोल्दा छुट्टै आनन्द महशुस हुन्छ, संसारका सारा कुरा बिर्सीन्छु, सम्पूर्ण समस्याको हल भए जस्तो लाग्छ । उ भनिरहन्थि बाबाआमाले संसार छाडेपछि सम्हाल्न गाह्रो भएको मनलाई तिम्रो बोलीले शान्त बनाएको छ ।

जुन दिन देखी मैले उसको यो संसारमा कोही छैन भन्ने थाहा पाएको थीए त्यस दिन देखी म उ संग झन नजिकिएको थीए । म मा एकप्रकारले उसको आफ्नो मान्छेको रुपमा अस्तित्व बनाउने भाव जागीरहेको थीयो । म चाहान्थे उसले आफुलाई एक्लो नठानोस, दुखी नमानोस र निरास नबनाओस ।

हामि नजिकियौ, भेटघाट पनि बढ्न थाल्यो । मेरो पहिलो स्पर्श लाई उसले आमा बुबाको माया मानेकि थिई त्यहि दिनदेखी उसले भन्थि “म संसारमा एक्लो छैन, मेरो साथमा तिमि छौ” प्रायः उ मेरो काखमा निदाउन चाहान्थि, मेरो काखमा सुतेर मनका बह भुलाउन चाहान्थि र मलाई आफ्नो बनाउन चाहान्थि । म पनि उसलाई आफ्नो पनको आभास दिन चाहान्थे ।

एकरात कुरा गर्दै गर्दा उसले भनि “मलाई बिर्सिदेउ समिर”
उसको यो बोलीले एकाएक अध्यारो बनायो, ओठमुख सुक्न थाल्यो । अतिदै “ओए, के भनेको त्यस्तो? होस मा त छेउ ।?”
“म होसमा छु समीर, तिमिले मलाई बिर्सिए हुन्छ, पछि फेरी दुःख होला”
“सानी यस्तो कुरा पनि गर्ने हो? तिमिले सक्छेउ र?”
निसङ्कोच उसले भनि “मैले पनि भुल्ने कोसीस गरेको छु, तिमिलाई सजिलो होस भनेर”
जब यो कुरा सुने म संग बोल्ने कुनै शब्दनै निस्किएन्, एकाएक प्राण गएजस्तो भयो, यो संसारमा एक्लै भएजस्तो भयो ।

त्यस दिनदेखी उ मनमा पिडा गुम्स्याएर खुसी भएजस्तो गर्थी, आँखाको आसु लुकाएर हाँसेजस्तो गर्थी, जीवनको नैराश्यता लुकाएर रमाएजस्तो गर्थी । कारण बुभ्mन धेरै कोसिस गरे तर उसले खोल्दै खोलीन, सायद खोल्न चाहदैनथि, सायद मलाई दुःखी देख्न चाहादैनथि ।

भेलन्टाईन डे को दिन थियो उसलाई फोन गरे तर सम्पर्क हुँन सकेन, बेलुकै देखी उ संग कुराकानी भएको थीएन । धेरै बेरको प्रयास पछि पनि फोन नलागेपछि म उसकै रुममा गएर सप्राईज दिन्छु भन्ने सोचे र उसको हातमा सुहाउने सानो पिकं कलरको घडि किने अनि सिधै उसको रुमतिर हाँनिए ।

जब उसको रुम पुगे रुमको ढोका बन्द थीयो । घरबेटीलाई सोधे उसले हिजै राती देखी कोठामा नआएको जवाफ फर्कायो । म झन आत्तिए, मन पनि साह्रै पापि हुदो रहेछ एकै छिनमा के के सोच्न भ्याईसकेको थियो । कतै केही त भएन? २ ४ दिन भयो अलि निरास हुने कुरा गरेकी थीई कतै गलत सोचले केही त गरिन? यस्तै यस्तै ।

एकै छिनमा सम्झना आयो उसले कुनैबेला आफ्नो दिदि पर्ने आफ्न्तको कुरा गरेकि थिई, एकपटक मैले दिदिलाई फोनसमेत गरेको थीए । मैले तुरुन्त मोबाइल निकालेर त्यहि दिदिलाई फोन गरे । २ पटकको प्रयासमा बल्ल फोन रिसिभ भयो ।

“हेल्लो”
केही पनि नसोची एक्कासी सोधे “दिदि कता हुनुहुन्छ?”
“ओम हस्पिटल”
मनमा एक्कासी एक प्रकारको डर पैदा भयो, हात गोडा लगलग काप्न थाले, शरिर पसिनै पसिना भयो, ओठ मुख सुक्न थाल्यो, औसीको रातझँै अनुहार भयो ।
“किन?, कसलाई के भयो र?” आत्तिदै सोधे ।
“हिजो बेलुका प्राप्तिलाई लिएर आएको”
यत्ति कुरा सुन्ने बित्तिकै फोन राखे र सिधै ओम हस्पिटल तिर लागे । बाटोमा उसका सबै यादहरु झलझली आईरह्यो, आँखामा उसको अनुहार नाचिरहे । त्यहाबाट हस्पिटल पुग्न १ घण्टा लाग्थ्यो तर मैले आधा घण्टामै दुरी पुरा गरे । हस्पिटल पुगेपछि बल्ल थाहा पाए मेरो बाईक ३ ठाँउमा पल्टिएको रहेछ ।

रिसप्सेनमा सोधेर उसको बेड खोज्दै हिडे, दिदीलाई देखे । दिदीका आखाँ भरीएका थिए । उहाँसंग प्राप्ति काहाँ छिन भनेर सोध्नै लागेको थिए अप्रेसन थिरियटर बाट स्टेचर हामि तिरै आयो । स्टेचरमाथी एक बिरामि थियो र बिरामि माथी सेतो कपडा ।
दिदी नजिक आएर डक्टरले भन्यो “लामो समय सम्मको तनाब, दुःख, पिढा, पीर र चिन्ताले उहाँको मुटुमा गहिरो असर पारेको हो, यस्तो पहिलापहिला पनि भईरहन्थ्यो होला उहाले लुकाउनुभयो । उहाँकै केयरलेसले गर्दा समस्या अझ जटिल बनेको हो । सायद उहाँले आफ्नो मन भुलाउने माया अनि खुसी नपाएरहोला । सरी हामिले बचाउन सकेनौ ।”

मेरो मन छिया छिया भयो, मेरो खुसी एकाएक हरायो, मेरो संसार अध्यारो भयो, म टुहुरो भए, एक्लो भए, म अधुरो भए, अपुरो भए म मरेतुल्य भए । एकछिन सोचे यो हुनै सक्दैन् उसले मलाई छाडेर जानै सक्दिन तर त्यो त भईसकेको थियो ।

म उसको नजिक गए र उसको हात समाएर निकै बेर रोए, सधैभरी साथ दिने कसम खाएको मैले अन्तिम पल्ट उसको मुख हेर्न समेत पाईन, उसलाई साथ दिन पनि पाईन । बिचरी कति छटपटिएकि थिई होलि, कति आत्तिएकि थिइृ होली, मन भुलाउन मेरो काख खोजेकि थि होली तर बिडम्बना उसको आप्mनो मान्छेले साथ र काख नै दिन सकेन । म आपैmले आफैलाई धिर्कादै बसे, र उसको हात समाएर धैरै बेर रोँए । उसको लागी किनेको घडि पनि रोईरह्यो टिक टिक गर्दै ।

उ “भन्थि मलाई हराउने मन छ, एकदिन म कसैलाई थाहा नदिई हराउनेछु” साच्चैनै उ हराई फेरी कहिल्यै नफर्कने गरी । उ भन्थि “आमाबुबा जस्तो कोहि पनि हुदो रहेनछ समिर” सायद म पनि उसको आमाबुबा जस्तो हुन सकिन होला, सायद उ आमाबुबाको मायाको लागी, काखको लागी तड्पिरहेकि थि होली, त्यसैले त मलाई चटक्कै छाडेर आफ्नै आमा बुबाको साथमा गई ।

मलाई धेरै माया गर्थी ऊ भन्थि “तिम्रो आखाँमा आसु देख्न सक्दिन म” सायद यहि भएर होला उसले म संग यि कुरा लुकाएकि । जब थाहा पाए यि आसु हेर्न नसकेर आफै टाढा भईहालि । अब म संग यहि एउटा साथी छ, घडि । जुन दिन यो घडि रोकिनेछ, त्यो दिन म पनि रोकीनेछु ।


प्रतिक्रिया

सम्बन्धित समाचार