श्रीमतीलाई आगो लगाउने खटिक पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २० बिहीवार ०७:४४ बजे

श्रीमतीलाई आगो लगाउने खटिक पक्राउ

नेपालगन्ज, २० माघ ।

श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाउने नेपालगन्ज १२, खटकनपूर्वाका राजेन्द खटिकलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ६ गते राती करिब ९ बजे सामान्य विवादमा आफ्नै श्रीमती सुनितालाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका खटिकलाई प्रहरीले बुधबार नेपालगन्ज २०, जमुनाहाबाट पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा खटिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्रले सुनितालाई टुकीमा रहेको मट्टीतेल खन्याएर मार्ने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ । नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएकी सुनिताको माघ १८ गते मंगलबार मृत्यु भएको थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार