मापसे गरेर साथीको हत्या


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १७ सोमवार १०:१५ बजे

मापसे गरेर साथीको हत्या

पाँचथर, १७ माघ ।

अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षका अजय राई रहेका छन् ।

आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार