कम्युनिष्ट आन्दोलनका अग्रज नेता सिंहको उपचारमा सरकारले सहयोग गर्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार ११:२७ बजे

कम्युनिष्ट आन्दोलनका अग्रज नेता सिंहको उपचारमा सरकारले सहयोग गर्ने

काठमाडौं, १६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा मसालका अध्यक्ष मोहन बिक्रम सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

आइतबार बिहान टोखाको ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका अग्रज नेता उपचाररत सिंहलाई भेटी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिदै यस्तो बताउनुभएको हो ।

सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण गएको चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षका सिंहको उपचारपछि स्वास्थ्यमा राम्रो सुधार आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार