ओरालो लाग्यो नेप्से


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १३ बिहीवार १६:५३ बजे

ओरालो लाग्यो नेप्से

काठमाडौँ, १३ माघ ।

निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बजार ओरालो लागेर १ हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ ।

झण्डै १० लाख ४५ हजार ४४९ कित्ता सेयर ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । बैंकिङ १.७५, होटल ०.३१, विकास बैंक १.२८, जलविद्युत् ०.२, फाइनान्स १.३७, बिमा १.५९ र अन्य समूह १.७८ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार