बन्यो निर्वाचनका लागि कानुनी आधार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १२ बुधवार १७:५७ बजे

बन्यो निर्वाचनका लागि कानुनी आधार

काठमाडौँ, १२ माघ ।

व्यवस्थापिका–संसद्को बुधबारको बैठकले मतदाता नामावली विधेयक २०७३ र निर्वाचन आयोग विधेयक २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । यि २ बिधेयक पारीत भएसंगै आउँदो माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको छ ।

पारीत दुई महत्वपूर्ण विधेयकलाई गृहमन्त्री विमलेन्द्र निधिले पारित गरियोस् भनी सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री निधिले जनतालाई निर्वाचनमा मतदानबाट वञ्चित गराउने नियत सरकारको नरहेको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले निर्वाचनको मिति सरकारले घोषणा गर्र्ने या निश्चित मितिमा निर्वाचन हुने कुरा संविधानमा लेखिनुपर्ने, ट्रेड युनियनमा संलग्न कर्मचारीलाई मतदाता नामावली सङ्कलन कार्यमा संलग्न गराउन नहुने, विदेशमा रहेका नेपालीलाई मतदान गर्नबाट वञ्चित गराउन नहुने माग गर्नुभयो ।

सांसदहरु प्रेम सुवाल, मीना पुन, डिल्लीप्रसाद काफ्ले, भरत खड्का र श्याम श्रेष्ठले छलफलमा भाग लिनुभएको थियो । संसद्को अर्काे बैठक यही माघ १४ शुक्रबार दिउँसो १ बजे बस्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार