मुटुरोगीलाई प्रवासीको सहयोग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १२ बुधवार १४:१९ बजे

मुटुरोगीलाई प्रवासीको सहयोग

म्याग्दी, १२ माघ ।

बेनी नगरपालिका–२ अर्जमकी अरुर्णिमा नेपालीको उपचारका लागि प्रवासीहरुले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएका छन् । आठ वर्षकी नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङ्कङमा रहेका म्याग्देलीबासीले रु ८० हजार सहयोग गरेका हुन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङका अध्यक्ष इन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुनमार्फत अरुणिमाका काका भूपेन्द्र नेपालीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । अरुणिमाको उपचारका लागि हङ्कङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा सहयोग प्राप्त हुने क्रम जारी छ । उनको काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार