गोरखामा सिस्मोमिटर जोडियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १२ बुधवार १२:४८ बजे

गोरखामा सिस्मोमिटर जोडियो

गोरखा, १२ माघ ।

जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भ्विज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो ।

भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै भूकम्पको सम्भावना कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भ्विद् डा दण्डपाणि अधिकारीले जानकारी दिनुभयो । गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५ वटा यस्ता सिस्मोमिटर राखिएको थियो ।

जापानको टोकियो विश्वविद्यालयको सहयोगमा ७० वटा सिस्मोमिटर ल्याएर जडान गरिएको उहाले बताउनुभयो । धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखामा पनि सिस्मोमिटर जडान गर्ने उहाँको भनाइ छ । तीन महिनासम्म जमिनमुनि के कस्तो गतिविधि भइरहन्छ भन्ने बारेमा सिस्मोमिटरले अध्ययन गर्ने अधिकारीले बताउनुभयो ।

सिस्मोमिटरले भूकम्पको कम्पन जमिनमुनि कहाँ छ, कति गहिराइमा छ भन्ने बारेमा जानकारी दिनेछ । एक साता लगाएर विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको भन्दै आउँदो वैशाखमा सिस्मोमिटरले गरेको अध्ययन सङ्कलन गरी थप अध्ययन गर्ने उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार