शिवराज परियार ।
आत्माहत्या ।
यो शब्द सुन्ने बित्तिकै जिउँ ज्यानै सिरिङ्ग भएर आउँछ । साथै मनमा प्रश्नले डेरा जमाई हाल्छ । कारण के ? किन गर्नु पेरेछ आत्मा हत्या ? कसरी भयो यस्तो ? आदि आदि । तर जतिनै प्रश्न उठेपनि सम्पूर्ण प्रश्नको उत्तर पाउन निकै कठिन हुँन्छ । पाएका जवाफ पनि चित्तबुझ्दो लाग्दैन ।
आत्माहत्या गर्नेमा अधिकांस किसोर किसोरी भेटिन्छन् । तर बृद्धबृद्धा, बालबालीका, युवायुवतिले पनि आत्मा हत्या नगरेका भने होईनन् । किशोरावस्थामै प्रेम, आफुखुशी विवाह, अन्तर्जा्तिय सम्बन्ध, खटपटपछि सम्बन्ध विच्छेद लगाएतका कारणले २१–२२ वर्षकै उमेरमा ज्यान गुमाउँने अधिक भेटिन्छन् ।
हामीले यस्ता उदाहरण धेरै देखेका छौ, सुनेका छौ, पढेका छौ । तर १३ बर्षको बालकले आत्माहत्या गर्यो भनेको सुन्दा जो कोहिलाई अलि बढि अचम्म लाग्न सक्छ । तर माघ १० गते सोमबार सोलुखुम्बुका १३ बर्षका सुनिल श्रेष्ठले घरको ढोकामा झुण्डिएर आत्महत्या गरे । यस्तै सोलुखुम्बुकै १८ बर्षका पर्शुराम राई र ४८ बषकी आशमायाँ राईले पनि सोमबारनै आत्माहत्या गरे । एउँटै जिल्लामा ३ जनाले आत्माहत्या गरेका घटना बिरलै भेटिन्छ । यस अघि गएको भदौमा उदयपुरमा पनि एकै दिन ३ जनाले आत्मा हत्या गरेका थिए ।
श्रीमतीको हत्या गरेर आत्माहत्या, श्रीमानको हत्या गरेर आत्माहत्या, छोराछोरीको हत्या गरेर हात्माहत्या लगाएतका समाचार पनि आईरहेका हुन्छन् । अधिकांस आत्माहत्याको कारक तत्व बनेर गरिवि सामुन्यमा आईदिन्छ । पछिल्लो समय सरकारले गरिवि घटाउन भन्दै बिभिन्न योजना अघि सारेको छ । तर त्यो प्रभाबकारी बन्न सकेको छैन या बन्न दिएका छैनन् ।
हरेक मानिसले कुनै न कुनै बेला आत्महत्याको सोचाई राखेको हुनसक्छ । मानिसले चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना गर्न सक्दैन । कतिपय समयमा उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोज्ने मनोवैज्ञानिकहरुले बताउँदै आएका छन् ।
आखिर किन गर्छन मानिसहरूले आत्महत्या ? आत्महत्या गर्ने कारणहरुमा गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलता तथा जीवन असफलता, मानसिक तनाब डिप्रेसन, गहिरो पिडा, कमजोर आत्मसम्मान, बेरोजागार, लज्जा, अपांगता, खराब परिणाम, नकरात्मक सोच, निको नहुँने रोग आदि इत्यादी । तर यो भन्दा फरक कारण हुँदैनन् भन्ने चाँहि हैन् ।
मान्छेले हरेक विषयलाई सकरात्मक ढङ्गबाट सोच्ने हो भने पनि मात्रै आत्माहत्यको घटनामा केहि प्रतिशत कमी आउँनेमा शंका छैन । तर सकरात्मक संगै नकरात्मक बिचार पनि समानान्तर ढङ्गले उसको मानसपटलमा आउँने भएकाले सहि र गलत छुट्याउन नसकेर आत्माहत्या गरको पाईन्छ । बिभिन्न समस्याबाट भागेर टाढा जानको लागी पनि मान्छेले आत्माहत्या गरेको भन्ने सुनिन्छ । आत्माहत्या समस्याको समाधान कि कायरतापन ? यहि प्रश्नको उत्तर बुझेर वा नबुझेर आत्माहत्या गर्नेहरुप्रति हार्दिक श्राद्धा सुमन ।
