रसुवा महोत्सवले गर्यो ४० लाखको कारोबार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १० सोमवार १२:४३ बजे

रसुवा महोत्सवले गर्यो ४० लाखको कारोबार

रसुवा, १० माघ ।

महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ । महोत्सव अवधिमा ४० लाख बराबरको कारोबार भएको छ ।

महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गएको पुस २८ देखि माघ ९ गतेसम्म आयोजित महोत्सवमा २० हजारले अवलोकन गरेको र स्टलमा राखिएका कृषिजन्य, हस्तकला, काष्ठकला, कृषि औजारलगायतका सामग्रीले ग्रामीणवासीलाई काममा थप प्रेरणा मिलेको जनानइएको छ ।

महोत्सव अवधिभर पर्यटन व्यवसायी, विभिन्न विधाका कलाकर्मी, गीतकार, गायककार, राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको आयोजक संस्थाले जनाइएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार