काठमाण्डौ, ९ माघ ।
अबैध लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १३ बाफलका ३६ बर्षका सुमन क्षेत्रीलाई ५ सय ग्राम चरेस र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँको ठमेल क्वाबहाल चोकमा लागूऔषध चरेस बिक्रिबितरण तथा कारोबार भई रहेको सुराकका आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
