अस्पतालमै छैन निस्शुल्क घोषणा गरिएका औषधि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ९ आइतवार ०७:२७ बजे

अस्पतालमै छैन निस्शुल्क घोषणा गरिएका औषधि

मघ ९
स्याङजा ।

सरकारले निशुल्क भनी घोषणा गरेको औषधिको सूची लामो छ तर यहाँका विरामी यो सुविधाबाट वञ्चित हुदै आएका छन् ।

ग्रामीण स्वास्थ्य चौकी मात्र होइन, जिल्ला अस्पातालमै छैन पर्याप्त औषधि । यो खबर आजको कान्तिपुरमा छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीनबर्षयता केन्द्रबाट निशुल्क वितरण गरिनुपर्ने सूचीका औषधि नै आएको छैन ।

केन्द्रीय मेडिकल स्टोरबाट नियमित उपलब्ध गराउने भनिएका ७० प्रकारका औषधि विरामीले बाहिरबाट किन्नुपर्ने अवस्था छ ।

लामो समयसम्म सिटामोलसमेत अभाव भएपछि जिल्लाले टेन्डर गरी केहि औषधि खरिद गरेपनि त्यसले दुई महिनै नथेगेको जिल्ला स्वास्थ्य प्रमुख डा। दिपक काफ्लेले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार