सोलुखुम्बुमा सडक यातायातको भाडा घट्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ८ शनिवार १९:१७ बजे

सोलुखुम्बुमा सडक यातायातको भाडा घट्यो

सोलुखुम्बु, ८ माघ ।

सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले सोलुखुम्बुबाट काठमाडौँ तथा अन्य ठाउँमा जाने भाडा समायोजन गरेको हो ।

परिमार्जित भाडादरअनुसार सल्लेरी–काठमाडौँको साविकको भाडादरमा २०० रुपैया घटाएर एक हजार ४०० कायम गरिएको छ । त्यस्तै सल्लेरी–कटारीको भाडादरमा पनि २०० घटाएर एक हजार कायम गरिएको छ । त्यस्तै सल्लेरी–ओखलढुङ्गामा ४००, सल्लेरी–देउसामा ५५०, सल्लेरी–पञ्चनमा ५६० कायम गरिएको छ । बैठकले जिल्लाभित्रका अन्य विभिन्न रुटको पनि भाडा समायोजन गरेको छ ।

जिल्लाबाट अन्य जिल्ला तथा जिल्लाभित्र सञ्चालित यातायातका साधनले जथाभावी भाडा असुल्ने गरेको गुनासोपछि जिल्लामा भाडादर समायोजन गरिएको हो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार