शौचालय बनाउँदा सकेट बम भेटियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ७ शुक्रवार ०७:४६ बजे

शौचालय बनाउँदा सकेट बम भेटियो

गोरखा, 

७ माघ ।

गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ ।

बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ । प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेका छन् ।

बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको र आज मात्रै बम डिस्पोज गर्ने प्रनाउ थापाले बताउनुभयो । अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो ।

घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार