किबीको बिरुवाले बजार पाएन, किसान चिन्तीत


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार १६:२९ बजे

किबीको बिरुवाले बजार पाएन, किसान चिन्तीत

दोलखा, ६ माघ ।

किबीको बिरुवाले बजार नपाउँदा दोलखाका कृषक मारमा परेका छन् । किबी फलको बिरुवा रोप्ने समय भए पनि बोच गाविस–५ का विदुर बस्नेतले उत्पादन गरेर रोप्न तयार पारेको आठ हजार बिरुवाले बजार पाउन सकेको छैन । बिरुवा बिक्री नहुँदा आठ लाख बराबरको नोक्सानी भएको उहाको दुखेसो छ ।

जिल्लामा किसानले अलैँची र किबी फललाई व्यावसायिक रुपमा अगाडी बढाए पनि उत्पादित बिरुवाले बजार पाउन सकेको छैन । किबी फलको प्रति बिरुवाको मूल्य रु ४०० भए पनि हाल रु १०० मा पनि बिक्री हुन नसक्दा बिरुवा उत्पादन गर्ने कृषक मारमा परेका छन् ।

किबी फलको स्रोत केन्द्रको रुपमा सरकारले स्थापना गरेको बागवानी केन्द्र बोचका प्राविधिक गुणराज पौडेल कृषकले माग गरेको जातको बिरुवा दिन नसक्दा बिक्री गर्न समस्या भएको बताउनुहुन्छ । जिल्लाका छ वटा नर्सरीमा करिब २१ हजार बिरुवा उत्पादन भएकामा ती सबै हेवार्ड जातका भएका कारण बिक्री गर्न समस्या भएको पौडेलको भनाइ छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार