एक करोडका ४४ योजना सार्वजनिक


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार १२:३३ बजे

एक करोडका ४४ योजना सार्वजनिक

कास्की, ६ माघ ।

कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँहरुले कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटेर रु ५०÷५० लाखका छुट्टाछुट्टै ४४ वटा विभिन्न योजना सार्वजनिक गर्नुभएको हो ।

नेकपा ९एमाले०का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदद्वयले सार्वजनिक गर्नुभएका २२÷२२ वटा योजनामा कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटिएको छ ।

योजना सार्वजनिक गर्दै सांसद गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन गरी विकास निर्माणको काम सम्बन्धित निकायबाट गरिनुपर्ने बताउनुभयो ।

अर्का सांसद विश्वकर्माले समाजका पछाडि परेको एवम् निर्देशिकामा व्यवस्था भएअनुरुप योजना छनोट तथा बजेट विनियोजन गरिएको बताउनुभयो ।
रासस


प्रतिक्रिया

सम्बन्धित समाचार