काठमाडौं, ६ माघ ।
धनमाल लुट्ने सडक बालकको एक समुहले काठमाडौंको बाफलमा नेपाली सेनका लेसनायकको हत्या गरेको छन् । सेनामा लेसनायक पदमा कार्यरत यूवराज घिमिरेको गएको पुस २७ गते बेलुका ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न अभियोगमा तीनजना र उनीहरुबाट चोरीको मोबाइल किन्ने एकजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार खाजा खाने पैसा नभएपछि उनीहरुले लुट्ने योजना गरेका थिए ।
राती ११ बजेतिर घिमिरे एक्लै हिडिरहेको देखेपछि उनीहरुले लुट्ने प्रयास गरे । तर प्रतिकार भएपछि ४ जना मिलेर ढुंगाले हानेर लडाएका थिए । लडाएपछि घिमिरेसँग भएको मोबाइल, ल्यापटप लगायत धनमाल लुटेका हुन् । पक्रउ परेकाहरु लागुऔषध दुव्र्यसनी भएको प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।
