भीभीआईपीका रोगको उपचार अब नेपालमै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार ०७:१२ बजे

भीभीआईपीका रोगको उपचार अब नेपालमै

माघ ६
काठमाडौं ।

राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सरकारले तयार गरेको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नेपालमा उपचार हुने रोगको उपचार विदेशमा गर्न नपाईने करी कडाई गरिएको छ ।

नेपालमा उपचार हुने रोगको उपचारको लागि समेत लाखौं रकम पेस्की लिएर विदेश जाने प्रवृत्तिलाई मस्यौदा ऐनले निषेध गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार