म्याग्दीका विद्यार्थीले ड्रोन बनाएर उडाए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ५ बुधवार १०:५४ बजे

म्याग्दीका विद्यार्थीले ड्रोन बनाएर उडाए

म्याग्दी, ५ माघ ।

न्यु वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।

प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न वस्तु तथा स्थलका मोडेल, फोटो फ्रेम, फोटो समेत प्रदर्शनी गरेका थिए ।

त्यसका साथै अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानी तान्ने मोटर, धुवाँ तथा मानव डिटेक्टिभ सेन्सरलगायतका विद्यार्थीद्वारा निर्माण गरिएका सामग्रीको प्रदर्शनी गरिएको थियो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार