पासपोर्टमा लोकमानको इमान्दारिता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ५ बुधवार ०६:५३ बजे

पासपोर्टमा लोकमानको इमान्दारिता

काठमाडौं, ५ माघ ।

सर्वोच्च अदालतले अयोग्य सावित गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गर्नुभएको छ ।

कार्कीले गएको बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गर्नुभएको हो । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उहाँलाई ५ बर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो ।

विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गएको बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गर्नुभएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार