जनकपुरमा हुने भयो राष्ट्रिय हक्की प्रतियोगिता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार १६:१४ बजे

जनकपुरमा हुने भयो राष्ट्रिय हक्की प्रतियोगिता

धनुषा, ४ माघ ।

१७ औँ राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ । नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा आउँदो चैत १४ देखि १९ गतेसम्म जनकपुरको रङ्गभूमि मैदान बाह्रबिगाहामा प्रतियोगिता हुँन लागेको हो ।

मङ्गलबार बिहान रिपोर्टस् क्लबले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा धनुषा हक्की सङ्घका उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँचवटा टोली र नेपाली सेनाको टोली गरी ६ वटा टोलीले सहभागीता जनाउँने बताउनुभयो । यस्तै महिलातर्फ चारवटा क्षेत्रीय टोली र नेपाली सेनाको महिला टोली गरी पाँचवटा टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार