जेठमा निर्वाचन गर्नको लागी माघ १५ गतेभित्र ऐन बन्नुपर्छ आयोग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार १५:२५ बजे

जेठमा निर्वाचन गर्नको लागी माघ १५ गतेभित्र ऐन बन्नुपर्छ आयोग

काठमाडौँ, ४ माघ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन आएमा आउँदो जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले काठमाण्डौमा गरेको साक्षात्कारमा यादवले निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुुसार तयारी थालेको बताउनुभयो ।

प्रमुख आयुक्त यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

उहाँले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार