काठमाडौं, ४ माघ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरेको छ । अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार भएपनि अब ९९ दशमलव ९९ प्रतिशत सुन बिक्रि हुँने बताईएको छ ।
एनआसी बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रिका लागि खुल्ला गरेकोले फरक फरक मुल्य निर्धारण गर्नुपरेको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो ।
देशभर रहेका २२ हजार भन्दा बढी सुनचाँदी व्यवसायीलाई सरकारले उपलब्ध गराएको सुन कम भएको भन्दै कोटा बढाउन महासघंले माग गरेको छ । सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनको कोटा नबढेको भन्दै महासंघले माग अनुसारको आपूर्तिमा सन्तुलन कायम नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।
