पुरानै स्वरूपमा आठ दरबारको पुनर्निर्माण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार ०८:४१ बजे

पुरानै स्वरूपमा आठ दरबारको पुनर्निर्माण

काठमाडौं, ४ माघ ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत ८ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ । सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्नेछ ।

आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो (वेस्ट लाउन्ज) र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन् ।

सहरी विकास तथा भवन निर्माण विभागले आठ दरबारको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न इन्जिनियरको समूहलाई जिम्मा दिएबमोजिम डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन महिना लगाएर प्रतिवेदन पेस गरेको थियो ।

प्रतिवेदन पाएलगत्तै सहरी विभागले मन्त्रालयलाई आवश्यक निर्णयका लागि भन्दै प्रतिवेदनसहित पत्राचार गरेको थियो । प्रतिवेदनलाई आधार मानेर भत्काएर नयाँ बनाउनुपर्ने आसयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विज्ञ र सरोकारवालासँग सोमबार सिंहदरबारमा राखेको बैठकले पुरातात्विक सौन्दर्य एवं महत्व गुमाउन नहुने निष्कर्ष निकालेको हो । आजको अन्नपूर्ण पोष्टमा खबर छ


प्रतिक्रिया

सम्बन्धित समाचार