सुन तस्करी प्रकरण : विमानस्थलका एसएसपी हेडक्वाटरमा तानिए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार ०८:०१ बजे

सुन तस्करी प्रकरण : विमानस्थलका एसएसपी हेडक्वाटरमा तानिए

काठमाडौं, ४ माघ ।

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ । केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले खत्रीसँग घटनाका विषयमा बुझ्नुपर्ने भएकाले फिर्ता बोलाएको जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले खत्रीलाई आइतबारदेखि प्रशासन विभागमा हाँजिर हुन निर्देशन दिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार