तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ३ सोमवार ०८:०५ बजे

तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार

दमौली, 

३ माघ ।

छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताउनुभयो ।

महोत्सवको वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले समापन गर्नुभयो । समापन कार्यक्रममा मन्त्री भण्डारीले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महोत्सवले टेवा पु¥याउने बताउनुभयो । “स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्न यस्ता मेला महोत्सवले सहयोग पु¥याउँछ”, मन्त्री भण्डारीले भन्नुभयो ।

महोत्सवका संयोजक कृष्णराज पण्डित, प्रवक्ता ईश्वर विष्ट, महासचिव वैकुण्ठनाथ मिश्र, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष देवकुमार श्रेष्ठले महोत्सवले आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा टेवा मिल्ने धारणा राख्नु भयो । मादी र सेती नदीमा जलविहार, सरकारी कार्यालयबाट दिइने सेवा र सुविधासम्बन्धी स्टल, रमाइलो मेला, कृषि, बाल मेला, सुन्तला, मास आदि प्रर्दशनी महोत्सवको आकर्षण रहेका थिए । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार