नवलपरासी, २ माघ ।
नवलपरासीमा भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नयाँ बेलहानी– ८, अरुणखोलाको जङ्गलमा अनियन्त्रीत भई ट्रयाक्टर पल्टिएको प्रहरीले बताएको छ ।
पूर्वबाट पश्चिमका लागी छुटेको लु ३ त २६९९ नंम्बरको ट्र्याक्टर पल्टँदा दुम्किबास– ५ का २६ वर्षका चेतबहादुर रेस्मी र दुम्किबास– १ का २७ वर्षका शम्भु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक फरार रहेकाले खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
