विराटनगर, २ माघ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले आउँदो जेठ महिनामा निर्वाचन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने बताउनुभयो ।
२०७२ को संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको भन्दै उहाँले मधेसको माग एकै पटकमा पूरा गर्न असहज हुँने बताउनुभयो । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताउनुभयो ।
