शिवराज परियार
माघ १ गते, अर्थात माघी पर्व
यसले बोकेको उद्देश्य र परिभाषा एउटै होला तर ठाउँ र परिबेश अनुसार मनाउने तरीका फरक फरक हुँन्छन् भनौ या रहँदै आएको छ । निकै अघिको कुरा हो । माघी नुहाउँन जाँदाको एउटा घटना । आमाले सुनाउँनु भएको थियो । आज त्यहि घटनालाई सम्झि रहेछु । म सानै छँदा आमाले सुनाउँनु भएको थियो ।
विवहा भएको केहि महिनामै श्रीमान परदेश लाग्नुभएकाले घरमा हामी महिला सदस्य मात्र बस्थ्याँै । सासु, २ जना नन्द र म । ससुरा बितिसक्नु भएको थियो । मेरी सासु निकै छुच्चि हुनुहुन्थ्यो । उँहाले भनेको कुरा पुरा गर्नै पर्ने बाध्यताको जालोमा म थिए ।
पुस महिनाको अन्तिम दिन थियो । भोलिपल्ट माघी थियो । अर्थात माघे सक्रान्ती । आफू बुहारी भएकाले, बुहारीले निर्बाह गनुपर्ने सम्पूर्ण भुमिका निभाउँनै पर्ने बाध्यता थियो । ति सम्पूर्ण भुमिका निभाउँन कुनै कसर पनि राख्ने गरेकी थिईन । किनकी मलाई एउँटा घरको असल बुहारी बन्नु थियो ।
घरमा कान्छी नन्द र मेरो निकै कुरा मिल्थ्यो । कुरा मिल्नुको एउटै कारण छ । उनि मेरै उमेरकी थिईन । खाना खाएर सुत्ने बेलामा माघी नुहाउँन जाँने सल्लाह गरियो । कपडा सबै मिलाएर बिहानको चारै बजे माघी नुहाउँन जाँने निधो सहित नन्द भाउजु एकै ठाउँमा सुतियो ।
भालेको पहिलो डाकमै नुहाउँन जाँने सोचका साथ सुतेका थियौ हामी । सोहि अनुरुप म ब्यूझे र नन्दलाई पनि बोलाए । दुबै जना नुहाउँन धारा तिर लाग्यौ । ७ ८ मिनेटको बाटो थियो । धारोमा पुग्नलाई । धारोको नजिकै पुगेपछि एउँटा चितुवा देखियो । चितुवा देखेपछि दुबै जनाको सातो गयो । चितुवा आफ्नो बाटो गयो तर त्यसले हाम्रो मनमा उब्जिएको भए कहिल्यै गएन ।
त्यो दिन हामी नुहाउँन हिडेका थियौ तर डर र त्रासले नुहाउँन सकेनौ । त्यहि दिन देखि हरेक माघ १ गते र त्यो घटना अबिश्मरणिय बनेर बसको छ ।