पर्यटन मजदुरका पक्षमा ऐन बने तर कार्यान्वयन पक्ष फितलो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २८ बिहीवार १२:३६ बजे

पर्यटन मजदुरका पक्षमा ऐन बने तर कार्यान्वयन पक्ष फितलो

काठमाण्डौ, २८ पुस ।

पर्यटन मजदुरका पक्षमा विभिन्न ऐन कानुन निमार्ण भएका पनि कार्यान्वयन पक्ष निकै फितलो भएको सरोकारवालाहरुले बताएका छन् । हिपात नेपालले काठमाण्डौमा गरेको हिपात बहस कार्याक्रमका सहभागिहरुले नेपाली पर्यटन क्षेत्रमा देखिएका समस्या अन्त्यका लागी ऐन कानुन कार्यान्वयनको पक्ष दरिलो बनाउनुपर्ने बताएका हुँन ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकालले मजदुर र व्यबसायी दुवै पक्षको हितमा एने निमार्ण तथा कार्यान्वयन हुँनुपर्ने बताउनुभयो । पर्यटन ब्यबसायी तथा मजदुर दुबै पक्षमा समस्या भएकाले यसलाई अन्त्यका लागी ऐन निमार्ण गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।02

यस्तै नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले पार्टीगत मजदुर संगठन नेतृत्वकार्ता बाटै मजदुरहरु पिडित भएको बताउनुभयो । पार्टीगत संगठनले एक अर्काको बिरोध गर्नुभन्दा पनि छलफलबाट समस्याको समाधान गनुपर्ने बताउनुभयो ।

यस्तै निट नेपालका अध्यक्ष तथा पर्यटन व्यबसायी दिपक महतले रेष्टुरेण्टमा काम गर्ने महिलाले उचित पारिश्रमिक नपाईरहेको राज्यले नै उउचत वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कमल सापकोटाले ग्रामिण पर्यटनका मजदुरको अवस्था झनै दयनीय भएको बताए । यद्यपि पर्यटन पर्यटन ब्यवसायीले मजदुमाथि थिचोमिचो नगरेको उनको भनाई छ ।

नेपाल ट्रेकिङ ¥याफ्टिङ एयरलाइन्स एशोसिएसन युनिट्राभका महासचिव सुमन पराजुलीले पर्यटन क्षेत्रका मजदुरहरुलाई दोस्रो दर्जाको सम्झिने परम्परा भएको बताएका छन् ।

यस्तै कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले पर्यटन क्षेत्रमा कार्यारत संघसस्था एक अर्कालाइै दोषारोपन गरेर उम्किने गरेको आरोप लगाउनुभयो । यस्तै मजदुरका पक्षमा कानुन निमार्ण गर्नु आजको आबश्यक्ता रहेको बताउनुभयो ।03

यस्तै महिला अधिकारकर्मी सुनिता दनुवारले रेष्टुरेन्ट तथा बारमा कामगर्ने महिला मजदुरहरुको पक्षमा बिभिन्न छलफल निरन्तर रुपमा गरिरहेको भन्दै अन्य सरोकार निकायको ढोका ढक्ढक्याउने काम गरिरहेको बताउनुभयो ।

महिला अधिकारकर्मी नर्मदा मगरले बिशेषगरी मनोरञ्जनात्मक क्षेत्रमा १८ बर्षभन्दा मुनिका मजदुरहरु सहभागिता अन्त्ये गरिनुपर्ने बताउनुभयो । यसमा आफ्नो समुहले निरन्तर अनुगमन तथा न्यूनिकरणको प्रयास गरिरहेको धारणा राख्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार