यहि हो नेपाल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २८ बिहीवार १०:१६ बजे

यहि हो नेपाल

नन्दराज पोखरेल ‘क्षितिज’

यहाँ हिमाल लाई तराइको गाँस चहिन्छ
तराई लाई हिमालको हावा र सिंचाइ !
पहाडलाई हिमाल र तराई चहिन्छ
अनि दुई लाई जडिबुटी रुपि पहाडी मिठाई !!

बाच्नु छ एकबार म कालो हु
या गोरो अनि धोती होस या टोपी !
हैन कुन जात ? कहाँको जात ? कस्ले भन्यो ?
कहाँ देख्यो ? भन्नुस सुन्छु मलाइ !!

नेपाली हौं हामी पहाडीया होस
या मधेसी चाहे किन नहोस हिमाली !
एउटै मालाको सय थरी फुल मिलि बसेका हामी सबै नेपाली !!
त्यसैले मलाइ पहाड, तराइ, हिमाल फुटाएर होइन दिन्छौ भने देउ एउटा !
सिङ्गो नेपाल जहाँ अट्छन सिङ्गो देशको सबै नेपाली !!


प्रतिक्रिया

सम्बन्धित समाचार