भारु साटिदिनुपरोन्त भन्नाका लागि मोदीको तिर लम्किदै!


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २७ बुधवार ०७:०६ बजे

भारु साटिदिनुपरोन्त भन्नाका लागि मोदीको तिर लम्किदै!

पुस २७
काठमाडौं ।

नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणी शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार भारत जाने भएको छ ।

भारु सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो । भारतले परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सटहीको मोडालिटी र पक्रियाको बारेमा छलफल गर्न को – को कहिले आउने भनी जानकारी मागेको थियो ?यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

राष्ट्र बैंकका अनुसार यतिबेला नेपाली बैंक तथा वित्तीय संस्थाहरुसँग ३ अर्ब ३६ लाख ९० हजार भारु छ । तर त्यो भनदा बाहिर १० अर्बभन्दा बढी भारु पाँच सय र एक हजारका नोट रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार