सविताले दुई छोरालाई विष खुवाएर आत्महत्या गरिन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २२ शुक्रवार ०७:०८ बजे

सविताले दुई छोरालाई विष खुवाएर आत्महत्या गरिन्

२२ पुस,
काठमाडौं ।

सर्लाहीको पिपरियामा तीन छोरीलाई विष खुवाएर आमाले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन् ।

बरहथवा(११ हिरापुरमा किराना पसल सञ्चालन गर्दै आएकी २२ वर्षकी सबिता पालले बिहीबार दिउँसो ५ वर्षका छोरा अमन र ३ वर्षका प्रिन्सलाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

विष सेवनबाट सविता र अमनको मृत्यु भएको छ भने प्रिन्सको अवस्था चिन्ताजनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।

सविताले किन छोराहरुलाई विष खुवाएर आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार