भूकम्पपीडितको नाममा काठ तस्करी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १८ सोमवार ०७:५५ बजे

भूकम्पपीडितको नाममा काठ तस्करी

काभ्रे, १८ पुस ।

जिल्ला प्रहरी र जिल्ला बन कार्यालयको टोलीले पाँचखाल र महादेवस्थानबाट अवैध रुपमा कटान गरिएका सालका गोलिया बरामद गरेको छ । भूकम्पपीडितलाई वितरण गर्ने नामामा काठ तस्करी हुने गरेको पाइएको हो ।

पाँचखाल नगरपालिका फेदीमा तेजप्रसाद न्यौपानेको नाममा दर्ता भई राजेन्द्र न्यौपानेले सञ्चालन गर्दै आएको उमादेवी काठ उद्योगबाट ५ सय २१ सालका गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले बताउनुभयो । तेजप्रसादलाई पक्राउ गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार