हावाबाट ३१ किलोवाट बिजुली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १८ सोमवार ०७:४१ बजे

हावाबाट ३१ किलोवाट बिजुली

काठमाण्डौ, १८ पुस ।

गएको बर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेका थिए । तर अछाम जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भईरहेको छ ।

वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोग र स्थानियको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि बिद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ । आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पादन गरी कमलबजार नगरपालिका भित्र विस्तार गरिने छ । कारोबार दैनिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार