कोहलपुर (बाँके),
१८ पुस ।
अमृता केसी अब नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्ष भएकी छन् । आइतबार भएको पत्रकारहरुको भेलाले सात सदस्यीय समिती गठन गरेको हो ।
केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहेका छन् । यस्तै सदस्यमा विमला चौधरी, केशव राना र रुवी साई चयन हुनुभएको छ । भेलाले नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ नेपालगन्ज र पत्रकार महासङ्घ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ । नवगठित सङ्घका अध्यक्ष केसीले बाँके जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार पैरवी गर्ने बताए ।
