काठमाडौ, १४ पुस ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थमा भईरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषण अन्त्ये हुनुपर्ने भन्दै पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश संगठन कमिटि ३ यूनिट्राभ एयरपोर्ट इलाका कमिटि अन्तरगत सुुनगाभा, नयाँ नेपाल, नेपाल नागरिक उड्डयन सरसफाइ, एयर इन्डिया, टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमोस्टिक प्रा.लि., सयुक्त प्रदेश अभियानको बृहत अन्तक्रिया कार्यक्रम गरि आफ्ना मागको सुनुवाई नभए एयसपोर्ट पुरै ठप्प पार्ने चेतावनी दिएका हुन् ।
नेपाल ट्रड युनियन महासंघ(जिफन्ट) प्रदेश संगठन ३ का संयोजक एवं जिफन्टका उपमहासचिव जनक चौधरीले एयरपोर्टमा कार्यरत श्रमिकमाथि ठेकेदार कम्पनीहरुले चरम श्रमशोषण गरेको हुँदा सामाजिक सुरक्षा, तलब वृद्धिको साथै न्यायोचित व्यवहारको लागि संघर्षको लागि तयार रहन निर्देशन दिनुभयो ।
प्रदेश सचिव रामहरि नेपालले ठेक्का प्रथाका कारणश्रम क्षेत्रमाथि दिननुदिन जटिल समस्या उत्पन्न भएको भन्दै सबै मिलेर यो परिपाटीको अन्त्य गराउनुपर्ने भनाई राखे । त्यस्तै क्युपेक नेपालका अध्यक्ष नरनाथ लुइँटेलले १८ औं सताब्दीका मानिसको जस्तो सोच भएका व्यवस्थापकका कारण श्रम क्षेत्रमा समस्या परिरहेको भन्दै सबैले व्यवस्थापकको सोच परिवर्तन गराउनका लागि सबै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एयरपोर्टमा ठेकेदार कम्पनी र नेपाल वायुसेवा निगम नेपाल हवाई प्राधिकरणले आउट सोर्सिङको नाममा मोटो कमिसन रकमको चलखेलमा श्रमशोषण गरेको आरोप लगाउँदै वृद्धि भएको तलब, दशै खर्च लगायत उचित पारिश्रमिकको व्यवस्थाका लागि ससक्त आन्दोलनका लागि तयार रहन सम्पूर्ण मजदुरलाई निर्देशन दिनुभयो । पुस अठार गतेसम्मको अल्टिमेटम दिंदै उहाले उक्त समयमा पनि मजदुरको समस्या समाधान नभए सशक्त आन्दोलन थालिने चेतावनी दिनुभयो ।
